एनएमबी बैंकले दराजका विक्रेताहरूलाई विद्युतीय माध्यमबाट बिनाधितो कर्जा दिने

एनएमबी बैंक लिमिटेड र दराज नेपालबीच दराज नेपालका विक्रेताहरूलाई बिनाधितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।

विशेष गरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप फर्म तथा कम्पनीहरूलाई दराज नेपालसँगको कारोबारका आधारमा ५ लाख रूपैयाँसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उदेश्यअनुसार गरिएको सम्झौता भएको हो।

सम्झौतापत्र एनएमबी बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदानप्रदान गरेका छन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यस कर्जाले ग्राहकहरूले अनलाइनमार्फत आवेदन दिएको केही मिनेटभित्रै कर्जा उपलब्ध गराउने प्रविधिको विकास गरेको बताए। कर्जामार्फत धेरैभन्दा धेरै एमएसएमई कर्जाका ग्राहकहरूको आवश्यक चालु पुँजी पूर्ति गर्ने बैंकले विश्वास लिएको उनले बताए।

कागजरहित, झन्झटरहित र छिटो-छरितो डिजिटल रूपमा कर्जा प्राप्त हुने भएकाले सरकारले लिएको डिजिटल नेपालको अभियानमा यो प्रयास कोसेढुंगा साबित हुने बैंकको विश्वास छ।

एनएमबी बैंक विगत २७ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। यो दि फिनान्सियल टाइम्स, लण्डनको ‘दि ब्यान्कर’ पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एशिया-२०२१’ उपाधिबाट सम्मानित बैंक हो।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर