एमालेलाई गृहमन्त्रीको जवाफ- अराजक गतिविधिलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालका अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरूमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने स्पष्टीकरण दिएका हुन्।

उनले शान्तिपूर्ण बाटोबाट विरोध प्रर्दशन गर्न पाइने हुनाले सरकारले कुनै पनि खालका अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराए।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी प्रदेशको नामकरण गर्ने प्रदेशसभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरे।

उनले संविधान र कानूनलाई मिच्ने काम सरकारले गर्न नदिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले संघीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार वचनबद्ध रहेको समेत बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर