बीमा क्षेत्रको सुधार गर्न बजारको संस्थागत क्षमता अभिवृद्धि आवश्यक : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको एसियन इन्स्योरेन्स मिट-२०२३ लाई सम्बोधन गदै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले नेपालको बीमा क्षेत्रलाई सुुधार गर्न आवश्यक रहेको बताए। नेपालको बीमा ब्रोकरहरूले ग्राहकहरूलाई उनीहरूले सामना गर्ने जोखिमहरू र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बीमाबारे शिक्षित गर्न नसकेको भन्दै नियामक निकाय र बीमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग समेत सहयोगको आह्वानसमेत उनले गरे।

मन्त्री महतले डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरहरूलाई फराकिलो रूपमा ग्राहकहरूमा पुग्न र निजीकृत प्रदान गर्न सक्षम बनाउन आवश्यक रहेको बताए। उनले बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको पनि बताए।

बीमा उद्योगले आम नागरिकहरूको हितको संरक्षण मात्र गर्ने नभई राष्ट्रहरूको दिगो विकासमा पनि योगदान पुर्‍याउने उनले बताए।

उनले एसियाली महाद्वीपले तीव्र आर्थिक रूपान्तरणको साक्षी दिइरहेको अवस्थामा बीमा उद्योगले विकासशील परिदृश्यलाई अनुकूल बनाउन र जोखिमहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताए।

पुनर्बीमा र दलालहरूले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन हात मिलाएर काम गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर