‘सफा हिमाल अभियान-२०२३’ मा संलग्न ५२ जनालाई सूर्य नेपालको सम्मान

नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको ‘सफा हिमाल अभियान-२०२३’ मा संलग्न नेपाली सेनाका सदस्य, शेर्पाहरूलगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ।

गत चैत्रमा सुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्‍चे हिमालको सफाइ कार्य भएको थियो। सूर्य नेपाल प्रालि, विभिन्न हिमालहरूबाट ३५ टन फोहर संकलन गरिएको यस कार्यक्रमको अरूविभिन्न संस्थाहरूसँगै एउटा मुख्य साझेदार संस्था हो।

बिहीबार एक सम्मान कार्यक्रम आयोजना गरी सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्‍याउने ५२ जनालाई विशेष सम्मान गरेको छ।

कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुई जना शेर्पा सहयोगीका परिवारलाई एक/एक लाख नगद राशिसहित सम्मान गरेको छ।

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका दुई शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका चार जना अधिकृत र जवानको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रूपमा सहयोग पुर्‍याएकोमा सूर्य नेपाललाई धन्यावाद दिएका थिए।

कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायावारमले नेपालको पहिचानका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल सफा गर्नेजस्तो महत्त्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई अत्यन्तै महत्त्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर