सिनामंगलमा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक गोली चलेको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली र लागुऔषध कारोबारीबीच गाेली हानाहान भएकाे हाे।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो। विमानस्थलकाे मुख्य प्रवेशद्वारबाहिर काराेबारीमाथि गाेली चलाइएकाे हाे।

प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ। घाइतेलाई उपचारका लागि काठमाडाैं मेडिकल कलेज लगिएको छ। उनकाे साथबाट केही मात्रामा लागुऔषध पनि बरामद भएको एसपी जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर