मोरङमा स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएपछि बसमा आगो लगाउने पाँच जना पक्राउ

मोरङमा बसले स्कटुरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि ठक्कर दिने बसमा आगजनी गर्ने पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका वडा नं. १ का १८ वर्षीय गोकुल भण्डारी, वडा नं. ४ का २८ वर्षीय जीवन थापा, वडा नं. ९ का २० वर्षीय अनमोल राई, वडा नं. २ का २० वर्षीय आयुष रिजाल र २० वर्षीय मोहनकुमार मगर छन्।

जेठ २५ गते उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेस्थित सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले प्रदेश नं. ०१-०१-०१३ प २३० नम्बरको स्कुटरलाई अगाडिबाट ठक्कर दिँदा स्कुटर चालक झापाको कमल गाउँपालिका-२ का ३३ वर्षीय पवन सुवेदी गम्भीर घाइते भएका थिए।

घाइते उनलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको थियो।

बस चालक झापाकाे कन्काई नगरपालिका-३ का ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

उक्त दुर्घटनाको विषयलाई लिएर घटनास्थलमा बसमा तोडफोड एवं आगजनी भएको थियो। त्यसमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव कसुरमा मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर