स्रोत सुकेपछि ट्यांकरबाट पानी वितरण

महोत्तरीको जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। यस क्षेत्रमा पछिल्लो समय धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले स्रोत सुकेपछि नगरका विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए।

१२ वटा वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकलमा पानी आउन छाडेको छ।

मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए।

जलेश्वरमा यसअघि कहिल्यै पनि पानीको अभाव नभएको बताइएको छ। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास, गौशाला, भङ्गाहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर