फ्याक्टचेक : भारतले नयाँ संसदमा राखेको नक्सा ‘अखण्ड भारत’कै हो ?

भारतले आफ्नो नवनिर्मित संसद भवनमा राखेको नक्साको बारेमा अहिले नेपाललगायत भारतका छिमेकी देशमा विवाद देखिएको छ । सामाजिक सञ्जालमा यसलाई अखण्ड भारतको रुपमा व्याख्या गरिएको छ र केही नेपाली नेताहरुले भारतको यस्तो कदमको आलोचना गरेका छन् ।

गत २८ मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्मित संसद भवनको उद्घाटन गरेपछि संसदमा रहेको उक्त नक्सा सार्वजनिक भएको थियो । भारतका संसदीय मन्त्री प्रह्लाद जोशीले नक्सालाई ‘अखण्ड भारत’को रुपमा परिचित गराएका थिए ।

यसैबीच, यही ९ जुनमा चिनियाँ सामाजिक सञ्जाल वेइबोमा चिनियाँ सरकारद्वारा भेरिफाइड भएको ‘कम्युनिस्ट चाइना’ नामको ह्यान्डलबाट बालेन साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको विषयलाई प्रमोट गरिरहेको पाइएको छ । जसमा चिनियाँले नेपालको सार्वभौमिकतालाई सहयोग गरिरहेको दाबी गरिएको छ ।

नेपालका मात्र नभई पाकिस्तान, बंगलादेशका धेरै जनाले यो मुद्दालाई सामाजिक सञ्जालमा विस्तार गरिरहेका छन् ।

भारतीय मूलका प्रोफेसर अशोक स्वेनले पनि यस विषयमा ट्वीट गरेका छन् । ‘काठमाडौंका मेयरले मोदीको अखण्ड भारतको काउन्टरमा गे्रटर नेपालको नक्सा आफ्ना कार्यकक्षमा लगाएका छन् । ग्रेटर नेपालमा भारतको ठूलो भूभागको साथै मुख्य भूमि र उत्तरी भारत जोड्ने भूभागलाई पनि समेटेको छ,’ उनले ट्वीटमा उल्लेख गरेका छन् ।

८ जुनमा ह्यासट्याग ‘अखण्ड ड्यास नेपाल’ ट्रेन्डिङमा परेको थियो भने धेरैले यसबारे पोस्ट गरेको पाइएको छ । २३० जना युजरले उक्त ह्यासट्यागसहित ट्वीट गरेको र यसले ५ लाख ५० हजार एकाउन्टलाई प्रभावित पारेको हामीले फेला पारेका छौं ।

फ्याक्टचेक
डीफ्य्राकले गरेको फ्याक्टचेकमा यसबारे धेरै रिपोर्टहरु फेला परेको छ । टाइम्स नाउमा भारतका राष्ट्रिय ग्यालरी तथा मोडर्न आर्ट कार्यालयका निर्देशक अद्वैत गडनायकले उक्त नक्साले भारतको प्राचीन अवस्था झल्काउने बताएका छन् ।

टाइम्स नाउसँगकै अन्तर्वार्तामा भारतीय विदेशमन्त्री एस जयशंकरले यस विषयमा पाकिस्तानसँग बुझ्ने क्षमता नभएको आरोप लगाएका छन् भने अन्य छिमेकी देशले यस बारेमा राम्रोसँग बुझेको बताएका छन् । उनले यो नक्सा अहिलेको वा अखण्ड भारतको नभई सम्राट् अशोककालीन भएको स्पष्टीकरण दिएका छन् ।

बुद्धिजीवी दिलीप मण्डलले पनि ट्वीट गर्दै यसलाई मौर्य साम्राज्यको रुपमा बुझ्नुपर्ने तर्क गरेका छन् । ‘भारतको नयाँ संसद भवनको नक्सामा कुनै विवाद छैन । यसले अखण्ड भारत वा यसखाले अवधारणाको प्रतिनिधित्व गर्दैन । किनकि यहाँ तमिलनाडुलाई उल्लेख गरिएको । तपाईंले यहाँ रंग अन्तर देख्न सक्नुहुन्छ । यसले वास्तावमा मगध वा मौर्य साम्राज्यलाई जनाउँछ,’ उनले लेखेका छन् ।

 


हाम्रो अनुसन्धानअनुसार सामाजिक सञ्जालमा अखण्ड भारतको दाबी गरेअनुसार भारतीय संसदमा राखिएको नक्साबारे कुनै विवाद गर्नुपर्ने देखिँदैन र यो नक्सा मौर्यकालीन देखिन्छ । यसलाई पाकिस्तानी तथा चिनियाँ सामाजिक प्रयोगकर्ताले सामाजिक सञ्जालमा फैलाउन वा मिसलिडिङ गर्न खोजेको बुझिन्छ ।

(डीफ्र्याकका लागि अनन्या शर्माले गरेको फ्याक्टचेक रिपोर्टको अनुवाद)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर