बजेट संशोधन गर्ने सत्तारूढ दलका शीर्ष नेताबीच सहमति

सत्तारूढ दलका शीर्ष नेताहरूबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ ।

बजेटको विनियोजन असन्तुलित भएको गुनासो आएकाले ती गुनासोलाई सम्बोधन गर्ने सहमति शीर्ष नेताहरूबीच भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।

बालुवाटारमा भएकाे छलफलमा शीर्ष नेताहरूबीच यस्ताे सहमति भएकाे हाे ।

उनका अनुसार कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरूबीच सहमति भएको हो ।

बैठकमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बजेट संशोधनका लागि छुट्टै मन्त्रिपरिषदकाे बस्ने निर्णय भएकाे जानकारी दिए ।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रूपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर