मलाई प्रधानन्यायाधीश बन्ने इच्छै थिएन : कार्की

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीले इच्छाविपरीत आफू प्रधान्यायाधीश बन्न लागेको बताएका छन्।

संसदीय सुनवाइ समितिमा सोधपुछका क्रममा उनले तत्कालीन प्रधानन्यायाधीशले पटक-पटक बोलाएपछि इच्छाविपरीत प्रधानन्यायाधीश बन्न बाध्य हुनुपरेको बताएका हुन्।

आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन्। बिहीबार संसदीय सुनुवाइ गरेर कामु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको छ।

सघीय संसद संयुक्त संसद नियमावलीमा भएको व्यवस्थाअनुसार प्रस्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन लगभग हुने पक्का छ।

संसदीय सुनुवाइमा प्रस्ताव अनुमोदनको लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाइ सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतका आधारमा कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर