मैथिली साहित्य परिषद्को अध्यक्षमा अवधेश झा निर्वाचित

मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा र कोषाध्यक्षमा शोभिता दास चयन भएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी, सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिए।

निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर