चलचित्र निर्देशनको तयारीमा गायक जेम्स प्रधान

नेपाली गीतसङ्गीतमा जेम्स प्रधान स्थापित नाम हो। तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रूपमा उनी परिचित प्रधान निर्देशक पनि बनेका छन्। छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए।

‘यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रूपमा बुझ्न सक्नुहुनेछ। किनकि म फरकफरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु,’ गायक प्रधानले भने, ‘मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरूप भने दिन सकेको छैन। निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु।’

छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उनलेसाङ्गीतिक भिडियोको स्वरूपसमेत दिएका छन्। ‘यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो। कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु,’ गायक प्रधानले भने।

आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रूचि बढेको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर