विराटनगरमा ६१ लाख बराबरको सुन-चाँदीका गरगहना चोरी गर्ने ३ जना कारागार चलान

मोरङमा सुन-चाँदीका गरगहना चोरीमा संलग्न ३ जना कारागार चलान भएका छन्।

जेठ ३ गते विराटनगर महानगरपालिका-३, पीपलचोकस्थित जयकिशोर चौधरीको घरबाट सुन-चाँदीका गरगहना चोरी गर्नेहरू कारागार चलान भएका हुन्।

चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मूल्य २० लाख रूपैयाँ) र ३६ केजी चाँदी (अन्दाजी मूल्य ४१ लाख रूपैयाँ) गरी जम्मा ६१ लाख बराबरको सुन-चाँदीका गरगहना चोरी भएको थियो।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर-१२ का २१ वर्षीय राजकुमार कामत, सोही स्थानका १९ वर्षीय विवेक कामत २२ वर्षीय श्रीकान्त दासलाई पक्राउ गरेको थियो।

जेठ ११ गते पक्राउ परेका उनीहरूविरूद्ध डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेकामा बुधबार मोरङ जिल्ला अदालतमा पेस गरिएको थियो।

अदालतको आदेशसँगै तीनै जनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर