एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर