रूसी सेनामा नेपाली युवाको भर्तीबारे सरकारको ध्यान गएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले रूसमा नेपाली युवाको सैनिक भर्तीबारे सरकारले नजिकबाट नियालिरहेको बताएका छन्।

पछिल्लो समय नेपाली युवाहरू रूसी सेनामा भर्ती भइरहेको विषय बाहिरिएपछि प्रधानमन्त्री दाहालले त्यसप्रति सरकारको ध्यान गएको बताएका हुन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले) का अच्युतप्रसाद मैनालीले यसबारे उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले सो जवाफ दिएका हुन्।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रियस्तरमा भइरहेका घटनामा सरकारको ध्यान गएको बताए। ‘अन्तराष्ट्रियस्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ प्रधानमन्त्री दाहालले भने।

सांसद मैनालीले रूस-युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *