ललिता निवास प्रकरण

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। उनलाई मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नक्सालस्थित उनकाे निवासबाटै पक्राउ गरेको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा उनी पक्राउ परेका हुन्। गुरूङले उक्त जग्गामा लगानी गरेका थिए र सो जग्गा अहिले पनि उनले स्टोरका रूपमा प्रयोग गर्दै आएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरूद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतकाे आदेशअनुसार २ कराेड रूपैयाँ धराैटीमा रिहा भएका गुरूङलाई कीर्ते मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएकाे ब्यूराे स्राेतले बतायाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर