पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।

आज दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक अवरूद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरूद्ध भएको थियो।

बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरूद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारी साधन अवतजावत गर्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर