नापी कार्यालय, मनमैंजुका सर्भेक्षक र लेखापढी व्यवसायीविरूद्ध भ्रष्टाचार मुद्दा

नापी कार्यालय, मनमैंजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग लिएका उनीहरूविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूलाई अख्तियारको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले केही समयपहिले सेवाग्राहीबाट लिएको १ लाख ७५ हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा नापी सर्भेक्षक उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ७५ हजार रूपैयाँ घुस माग गरेको र उक्त घुस रकम लेखापढी व्यवसायी कार्कीमार्फत लिन लगाएको खुलेको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनीहरू दुवैविरूद्ध घुस रकम बराबरको बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायसमेतको मागदाबी लिएर मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *