कोशी प्रदेशमा सरकार गठनका लागि ४ दिनको समय

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले ४ दिनकाे समय दिएर संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मिलिजुली सरकार गठनका लागि आह्वान गरेका हुन्।

खापुङले नयाँ सरकार गठनका लागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो। त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन्।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो। प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर