अध्यादेश निष्‍क्रिय भए पनि मिटरब्याजपीडितलाई न्याय दिलाएरै छाड्छौं : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि मिटरब्याजपीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याजपीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उनले मिटरब्याजपीडितका लागि बनेको आयोगमार्फत न्याय दिलाउने बताएका हुन्।

मिटरब्याजविरूद्धको विधेयक संसदमा रहेको भन्दै पारित गर्ने प्रक्रिया अघि बढाउने उनले बताए।

‘अध्यादेशको अवधि सकिएको कारणले अध्यादेश निष्क्रिय भएको छ। त्यसैले चिन्तित हुनुभएको होला। तपाईंहरूलाई भन्न चाहन्छु, विधेयक संसदमा छ, अस्वीकार भएको होइन, विधेयक पारित गर्न योग्य छ,’ उनले भने, ‘न्यायको आन्दोलनलाई कुनै पनि हालतमा पूरा नगरी छोडिने छैन, तपाईंहरू ढुक्क भए हुन्छ।’

उनले अध्यादेश जारी गर्नुअघि नै मिटरब्याजीलाई छानबिन गरेर पीडितलाई न्याय दिन आयोग बनाएको पनि बताए।

आयोगमा दिएका २५ सय उजुरीमा छानबिन भएर १५ सय जति छानबिन भएर पीडितलाई न्याय दिलाउने गरी पीडितको पक्षमा फैसला भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर