बजार अनुगमनलाई नियमित गर्दै काठमाडौं महानगर

काठमाडाैं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमित रूपमा अनुगमन गर्ने भएको छ । आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्याङ्कनको पद्धतिमा वार्षिक कार्ययोजना तयार तरी अनुगमन कार्यलाई नियमित गर्ने कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड दिए । उनले भनिन्,’ त्यसका लागि मातहतका सम्बन्धित सबै विभागीय प्रमुखलाई जिम्मेवार बनाई सोहीअनुसार काम अघि बढाइन्छ ।’

कामपाले अनुगमन मूल्याङ्कन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उनले बताइन् ।

अनुगमन गर्न जाने अधिकारीसँग विषयसम्बन्धी कानूनी तथा प्रशासनिक ज्ञान र कार्य सञ्चालन/सम्पादनको प्रक्रियाका विषयमा थाहा हुनुपर्छ । त्यसबारे नतिजा थाहा हुनुपर्छ । यति भए मात्र प्रभावकारी अनुगमन हुन सक्छ । स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँच वटा अनुगमन टोली गठन गरिएका छन् ।

कामपाले आगामी आवका लागि व्यक्तिगत तथा संस्थागत भान्छाका लागि स्वस्थकर बनाइ आरोग्ता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ ।

केही दिनअघि पनि कामपाले गरेको अनुगमनका क्रममा अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको थियो । कामपा-२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाइ तथा कीरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई एक लाख ५० हजार रूपैयाँ जरिवाना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर