प्रधानमन्त्रीको फोटो दुरूपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरूपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्यूरोको टोलीले प्रधानमन्त्रीको फोटो ‘सम्पादन’ गरी सामाजिक सञ्जालमा राख्ने रुपन्देही देवदह नगरपालिका घर भइ बुटवल बस्ने ४९ वर्षीय शेरबहादुर रानालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्द प्रयोग गरी प्रकाशन तथा प्रदर्शन गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका रानालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएको प्रवक्ता रायले बताए । पक्राउ रानालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर