ललितपुरमा कोरियन नागरिकको डेरा कोठाबाट ८ लाख रूपैयाँ र ४ हजार अमेरिकी डलर चोरी

ललितपुरमा डेरा गरी बसेका एक जना कोरियन नागरिकको कोठाबाट नगद चोरी भएको छ।

ललितपुर महानगरपालिका-१८, भैंसेपाटी बुद्धचोक डेरा गरी बस्ने कोरियन नागरिक चो चाङ मीको कोठाबाट नगद चोरी भएको हो।

प्रहरीका अनुसार कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर कोठाभित्र रहेको नगद ८ लाख रूपैयाँ र ४ हजार अमेरिकी डलर सोमबार राति चोरी भएको हो।

चोरीमा संलग्न व्यक्ति फरार छन्। उनको खोजी र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर