काठमाडौंको चन्द्रागिरिमा मारूती भ्यान भिरबाट खस्यो, चालकसहित २ जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा मारूती भ्यान भिरबाट खसेको छ।

चित्लाङबाट काठमाडौं आउँदै गरेको बा १० च ३५४६ नम्बरको मारूती भ्यान चन्द्रागिरि नगरपालिका-४, पानीघाटमा भिरबाट खसेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ५ जना सवार भ्यान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो।

दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। एक जना गाडीसँगै तल खस्दा भिरमा अड्किएको अवस्थामा रहेकाले उनको उद्धारको प्रयास भइरहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *