सुन तस्करीमा पक्राउ परेकाहरूलाई १५ दिन हिरासतमा राख्न अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

उक्त प्रकरणमा पक्राउ १८ जनालाई उच्च अदालत पाटनले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पक्ररणमा आइतबार मात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो।

यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पनि विभागले पक्राउ गरेको छ। उनीहरूको लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि राजश्वले पक्राउ गरेको हो।

त्यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, र चिनियाँ नागरिक लिन जेछियाङ छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर