उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका छन्।

सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायतका निकायसँग बहुपक्षीय छलफल गरेका हुन्।

सो क्रममा काठमाडौं उपत्यकामा दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे छलफल भएको थियो।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराएका छन्।

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशंसा गर्दै असोजसम्मलाई लक्षित गरेर विशेष बसहरू सञ्चालन गर्ने गरी तयारी गर्न उनले निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *