हुण्डाईले ल्यायो ‘व्हील्स अफ चेन्ज’ आकर्षक एक्सचेन्ज अफर

नेपालमा हुण्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘व्हील्स अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ग्राहकहरूमाझ ल्याएको छ।

बिहीबारबाट सुरू हुने यो योजना हुण्डाई नेपालअन्तर्गतको हुन्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेन्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो। आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

हुण्डाईले आफ्ना ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘व्हील्स अफ चेन्ज’ योजना ल्याएको हो, जसअन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज र रेसिङ अटोमोबाइल इन्टरप्राइजेज गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनरहरूसँग सहकार्य गरेको छ। यो योजना नेपालभरि नै लागू हुने भएकाले उपत्यकाबाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुन्डाईको शोरूममा जान सकिनेछ।

अत्यधिक लाभ र विशेषतासहितको यो योजनामा ग्राहकहरूले हुण्डाईका विभिन्न उपलब्ध मोडलहरूमा ५ लाख रूपैयाँसम्मको नगद छुट, १ लाख ५० हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस र २५ हजार रूपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन्।

एक्सचेन्ज पार्टनर र हुण्डाई शोरूममा गएर हुन्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। योजनास्थलमै तुरून्तै पुरानो गाडीको मूल्यांकन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउन प्रतिबद्ध रहेको हुण्डाईले जनाएको छ।

यस एक्सचेञ्ज योजनामा सहभागी भई ग्राहकहरूले उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनोट गर्न सक्नेछन्। सबैै हुण्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ शोरूमहरू तथा १९ सर्भिस सेन्टरहरू, ४३ चार्जिङ पोइन्ट्सहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। आफ्ना उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रूचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याउँदै आएको छ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर