बालुवाटार बैठक

सुन तस्करी प्रकरणमा संसदमा गृहमन्त्रीको जवाफ सुन्न एमाले तयार

उच्चस्तरीय छानबिन समिति नबनाए फेरि अवरोध गर्ने

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सदन खुलाउन सहमत भएको छ। बालुवाटारमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने सहमति भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको सचेतक महेश बर्तौलाले बताए।

उनले भने ‘सरकार आफ्नो अडानमा रह्यो, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमति बनेको छ।’

गृहमन्त्रीले जवाफ दिँदा एमालेको माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने उनले बताए। उनले अहिलेको अवस्था हेरेर पनि बैठक चल्न दिने निर्णयमा पुगिएको बताए।

‘संसदमा देशभरिका प्रतिनिधिले आफ्ना धारणा राख्नुपर्ने अवस्था छ। बाढी-पहिरोको समस्या छ। लम्पी किस्नलगायतका विषयहरू छन्। त्यो विषयहरूमा धारणा राख्नलाई पनि हामीले हाउस ओपन गर्नुपर्ने अवस्था छ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर