नेताहरूले सत्तामा र सत्ताबाहिर हुदाँ गर्ने व्यवहार फरक भयाे : रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तामा हुदाँ र सत्ताबाहिर हुदाँ गर्ने व्यवहार फरक भएको भन्दै असन्तुष्टि जनाएका छन्। रिटर्नी माइग्रेन्ट नेपालको छैटौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेताहरूको सत्तामा जानुभन्दा पहिले, गएपछि, भोट माग्दा र भोट पाएपछिको व्यवहार फरक हुने गरेको भन्दै त्यो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

‘हामी सत्तामा जानुभन्दा अगाडि एउटा कुरा गर्छौं, गएपछि अर्को, मत माग्दा एउटा, पाएपछि अर्को। त्यो प्रवृत्तिको अन्त्य गर्नुपर्छ। यो संस्थालाई जाति, पार्टी, वर्गको होइन सम्रग युवाको बनाउनू, हामी पल-पलमा साथ दिन्छौं,’ उनले भने, ‘हामी पार्टीगत राजनीतिमा मात्रै ध्यान दिने गरेका छौं। हामीले देशको लागि सोचेनौं। हामी नेपाल र नेपालीको लागि एक भएर काम गर्ने वातावरण भयो भने अझै नेपालमा केही गर्न सक्छौं।’ उनले नेताहरूले सत्ता र स्वार्थका लागि सबै बिर्सिने गरेको बताए।

नेपालमा लगानीको वातावरणसमेत नबनेको उनको तर्क छ।  ‘नेपालमा लगानीको वातावरण कमजोर भएको छ, उद्योगधन्दा खुलेको छैन। भएका उद्योगधन्दाहरू बन्दा भएका छन्,’ उनले भने, ‘ कम पढेका मान्छे खाडीमा, पढेका मान्छे अमेरिका पलायन हुने पद्धतिको विकास भएको छ।’

सरकारको नेतृत्व गर्नेले नै देशको हितमा काम गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘यसको लागि हामीले न्याय दृष्टिकोण बनाएनौं भने, अहिले पनि पार्टी र जातिको मात्र राजनीति गर्ने हो भने नेपाल समृद्धिको बाटोमा जान सक्दैन। त्यही भएर हामीले पार्टी र जातिभन्दा माथि उठेर काम गर्ने समय आएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *