सदन प्रतिपक्षको मात्रै हो भनेर कतै लेखिएको छैन : देवेन्द्र पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सदन प्रतिपक्षको मात्रै नभएको बताएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताका समस्याहरू उठ्नुपर्ने प्रमुख स्थानको रूपमा सदन रहेको भन्दै संसदको कुनै पनि नियामावलीमा सदन प्रतिपक्षको मात्रै हो भनेर नलेखिएको बताए।

सदन निर्वाचित जनप्रतिनिधिहरूको साझा भएको उनको तर्क छ।

उनले भने, ‘संसदलाई सुरू गर्न र जनताका समस्याहरू उठ्नुपर्ने प्रमुख स्थानको रूपमा सदनलाई लिइन्छ। यो सदन हामी सबैको हो, कुनै पनि नियमावलीमा यो सदन प्रतिपक्षको हो भनेर लेखिएको छैन। निर्वाचित जनप्रतिनिधिहरूको साझा सदनको रूपमा सदनलाई बुझेका छौं। त्यहीअनुरूप अगाडि बढ्नुपर्छ ।’

उनले संसद जनताको समस्या राख्ने थलो भएको हुदाँ विपक्षी दलहरूलाई सदन नरोकिकन आफ्ना भनाइहरू राख्न अनुरोध पनि गरे।

यस्तै उनले राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने भन्दै छानबिन भइरहेको विषयमा धैर्य गरेर बस्न आग्रह गरे।

उनले भने, ‘योभन्दा पहिला पनि सरकार थियो, गृहमन्त्री थियो पहिला पनि। सुनको विषय आएको रहेछ। व्यापार भएको रहेछ तर यही सरकारले खोज्नुपर्छ भनेर आएको कुरालाई म प्रश्न गर्न चहान्छु, यो विषयमा सहयोग गर्नको लागि केले रोकेको छ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *