राष्ट्रपति पौडेलसँग युरोपेली संघकी राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन्।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली सङ्घबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली सङ्घले नेपालको विकास साझेदारका रूपमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएको सो विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर