उपसचिव र शाखा अधिकृत गरी ३८ कर्मचारीको सरूवा

दमकका विवादित प्रमुख प्रशासकीय अधिकृत निरौलाको पनि सरूवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरी ३८ जना कर्मचारीको सरूवा गरेको छ।

मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरूमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरूवा गरेको हो। उनीहरूमध्ये धेरैजसोलाई मधेस प्रदेशमा पठाइएको छ।

सरूवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौला पनि परेका छन्। उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादमा परेका थिए।

उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन्। उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ।

हेराैं सरूवा सूची : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर