इलाममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

इलममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्।

पाँचथरको हिलिहाङ गाउँपालिका-७, तम्फुवा घर भई हाल इलामकाे सूर्योदय नगरपालिका-२, सयपत्री टोलमा भाडामा बस्ने ५० वर्षका पूर्णबहादुर तामाङ पक्राउ परेका हुन्।

उनले सोमबार राति श्रीमतीको हत्या गरेको आरोप छ। घटनापछि फरार उनलाई इलाका प्रहरी कार्यालय, पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा खटिएको टोलीले सोही वडाको लालिखर्कबाट पक्राउ गरेको हो।

तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, इलामका सूचना अधिकारी प्रकाश जवेगुले बताए।

तामाङले सामान्य विवादपछि घरेलु हतियार बामफोक प्रहार गरी ४५ वर्षीया श्रीमती डम्बर कुमारीको हत्या गरेको आरोाप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर