
ठूला भ्रष्टाचारका सबै मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई
'ललिता निवास प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार छु'

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।
पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा. भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए। चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्ष रूपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए।
‘घोटालाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छाया नपर्ने गरी आयोग गठन गर्नुपर्छ,’ डा. भट्टराईले सुझाव दिए। ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दैै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए।
प्रतिक्रिया