नेपाल प्रहरीमा मापदण्ड बनाएर एकैपटक ९५८ इन्स्पेक्टरको सरुवा

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि नियमित नरहेको प्रहरी निरीक्षकहरुको सरुवालाई मापदण्ड बनाएर कार्यन्वयनमा ल्याएको छ । प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवरको निर्देशनमा मानव स्रोत विभागले मंगलबार एकैपटक ९ सय ५८ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

प्रहरीले आफ्ना निरीक्षकदेखि उपरीक्षकसम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुई मात्र श्रेणी भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।

मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् । सरुवालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन मापदण्डमा केही संशोधन गरिएको र संशोधन भएलगत्तै सबै तहका सरुवाको प्रक्रिया अघि बढेको प्रवक्ता कडायतले बताए ।

प्रहरीमा लामो समयदेखि नियमित सरुवा अवरुद्ध छ ।

इन्स्पेक्टर, डिएसपी, एसपी र एसएसपीको सरुवामा अत्यधिक चलखेल हुने गरेको छ । प्रहरी प्रधान कार्यालयले तल्लो तहको सरुवाका लागि पनि नयाँ मापदण्ड बनाउने तयारी गरेको छ ।

हेरौं सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *