सशस्त्रका १२ एसपीको मापदण्डअनुसार एसएसपीमा बढुवा सिफारिस 

सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको १२ पदका लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा नाम सिफारिस गरेकाे छ । नाम सिफारिस हुनेहरु सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षकहरु छन् ।
उनीहरु २०७५ साल चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरु हुन् ।
सोही सिलसिलेवार संख्याको दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएकोमा आज सिफारिस भएका सबै पहिलो चरणमा बढुवा भएकाहरु मात्र हुन् ।
सो समूहका १५ जना यसअघि नै एसएसपी भईसकेका छन् भने बाँकी १९ मध्ये बिहीवार १२ जनाको नाम सिफारिस भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाले देखि नै बृत्तिबिकासमा ध्यान दिदै संगठनलाई नीति नियम अनुसार अघि बढाएका छन् ।
उनले  सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि साउन महिनामा मात्रै एसएसपी देखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।
यस पटक ओएण्डएम। नभएको भए जम्मा ४ जनामात्र एसएसपीमा बढुवा हुने अवस्था थियो भने डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो ।
महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो ।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो । सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापनमार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए ।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ ।
हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ भने कार्यसम्पादन मुल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवा सम्बन्धि आधारलाई लिएर बढुवा गरिएको छ ।बढुवामा गृह मन्त्रालयको समेत कुनै हस्तक्षेप रहेन ।
हेराै‌ सिफरिस भएका एसपीहरुकाे सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर