संसद खुलाउन राष्ट्रपति सक्रिय

राष्ट्रपति रामचन्द्र पौडेल संसदमा जारी अवरोध खुलाउन सक्रिय भएका छन्।

संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार शीतल निवास बोलाएर संसदको अवरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका उनले चाँडै सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।

उनले सबै राजनीतिक दलका नेताहरूलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए।

बैठक चाँडै बोलाउने तयारी भए पनि मिति भने तय भइकसकेको छैन।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर