यस्तो रहने छ आजको मौसम

हाल देशको मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत अन्य प्रदेशमा सामान्य बदली रहेको छ भने गण्डकी, बागमती र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानहरू र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने हुदाँ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर