प्रधानमन्त्री दाहाल र एशिया रग्बीका अध्यक्ष कायसबीच भेटवार्ता

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एशिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेटवार्ता भएको छ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो।

सो अवसरमा एशिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। साथै नेपाल रग्बी संघले लगातार दुई वर्ष एशिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र उक्त आयोजना सरकारको सहयोगबिना सम्भव नभएको कायसले धारणा राखेका थिए।

‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ। सरकारको सहयोगबिना त्यो सम्भव थिएन। एशिया रग्बीको तर्पmबाट धन्यवाद दिन चाहन्छौं,’ कायसले भने।

प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एशिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए।

‘एशिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु। हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्नेतर्पm थियो। त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ।,’ नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रधानमन्त्रीको धारणा उल्लेख गर्दै भने।

उक्त भेटमा विश्व रग्बी युनियनका एशियाका लागि पार्टनरशिप म्यानेजर रिड्ज्याल स्याट र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर