मुख्यमन्त्रीकाे विश्वासकाे मत

कोशी प्रदेश : कांग्रेस सांसद मन्सुरीले बैठक चलाउने, विश्वासको मत पनि दिने

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनाका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रदेशसभाको बैठक नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन्। उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आई प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी थिइन्। मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने छन्।

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी थिइन्।

कोशी प्रदेशसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो। जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी छन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर विस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका छन्। सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी छन्।

प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने जानकारी गराइसकेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर