जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने सरकारको निर्णय

सरकारले स्वर्गीय गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) लाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

टुहुरेको २०७९ भदौ १० गते निधन भएको थियो। मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचाका क्रममा टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको थियो।

टुहुरेका ‘आमा दिदी बहिनी कति बस्छौ दासी भई’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ’आँधी खोलैले’, ‘चाैंरी चर्ने ठाउँमा’, ‘छोराहरू हो’, ’जुनीभरि मुटु’, ‘दुःखको बोझ’, ‘रातको अनिदो’ लगायतका थुप्रै गीत चर्चित छन्।

उनले महिला मुक्ति र सशक्तीकरणका आवाज उराल्ने, अन्याय-अत्याचारमा परेकाहरूको पक्षमा वकालत गर्ने खालका डेढ सयभन्दा बढी गीत गाएका छन्। गायनकै माध्यमले कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा उनी उभिदै आएका थिए।

परिवर्तनकारी गीत गाएरै उनले धेरै नेपालीलाई कम्युनिष्ट आन्दोलनमा आकर्षित गराएको चर्चा हुने गर्छ।

टुहुरे २००१ कात्तिक १५ गते धरानमा जन्मिएका थिए। २०२१ सालमा पिताको निधनपछि उनले आफ्नो नामको पछाडि टुहुरे जोड्न थालेको बताइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर