एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समितिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने

नेकपा (एकीकृत समाजवादी) ले शिक्षा तथा स्वास्थ्य समितिकाे सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ।

आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय उसले गरेको हो।

भोलि हुने निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदै छ।

बैठकपछि पत्रकारहरूसँग एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जोशीलाई सभापतिका लागि उम्मेदवार बनाउने निर्णय भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर