कानून, न्याय तथा मानव अधिकार समितिमा माओवादीकी विमला सुवेदीको मनोनयन दर्ता

प्रतिनिभिसभाअन्तर्गत गठित कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन्।

प्रतिनिभिसभाअन्तर्गत गठित १० ओटा विषयगत समितिको सभापति चयनका लागि आज भइरहेको उम्मेदवारी दर्ता प्रक्रियामा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सुवेदीको मनोनयन दर्ता भएको हो।

संसदीय समिति भागबण्डामा माओवादी केन्द्रको भागमा पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति परेको छ।

भोलि हुने संसदीय समितिको सभापतिको निर्वाचनका लागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन्।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४:३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *