पाकिस्तान उडनु अघि विमानस्थलमा क्रिकेटर सन्दीपसँग साक्षात्कार

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एशिया कप २०२३ मा पाकिस्तानी टोलीसँग जित्ने विश्वासका साथ पाकिस्तानबाट केही नयाँ र सकारात्मक पक्ष हासिल हुने बताएका छन् ।

सन्दीप एशिया कपमा सहभागी हुन सोमबार पाकिस्तान जाँदैछन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एशिया कप खेल्नका लागि पाकिस्तान जान लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पत्रकारहरुसँग आफ्नो टिमले जित्ने विश्वास ब्यक्त गरेका हुन् । उनी कतार एयरवेजको उडानमा दोहा हुँदै पाकिस्तान जान लागेका ह्ुन् ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गए पनि सन्दीप भने मुद्दाको सुनवाई हुने भएकाले गएका थिएनन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

नेपाली क्रिकेट टोलीका पूर्व क्याप्टेन सन्दीपमाथि उमेर नपुगेकी किशोरीमाथि बलात्कार गरेको आरोपमा कानूनी उपचार जारी छ ।

उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । यसअघि उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा रिहा भएर विदेशमा आयोजित प्रतियोगितामा सहभागी हुन थालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *