
नेकपा फुटाउने अदालत होइन, प्रचण्ड हुन् : ओली
'एमालेसँग कसरी कमाउने होइन, कसरी देश बनाउने भन्ने भिजन छ'


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई अदालतले नभई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फुटाएको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रममा अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीलाई फुटाएको बताए ।
उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन, ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊँ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोशिस गर्दा पनि प्रचण्ड जान मानेनन् । अदालतले फुटाएको होइन प्रचण्डले हो ।’
अध्यक्ष ओलीले प्रचण्ड अलग भएपछि निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा माधव नेपाललाई सघाएको लागेको आरोप लगाउँदै भने, ‘प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरूको संयुक्त साठगाँठबाट एमाले भदौ १० गते फेरि फुटाए, अदालतमा गएर मुद्दा हालेर ल्याउनेहरू २० प्रतिशतमा फुटाउन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए, एमाले फुटाउँन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, माधव नेपाललाई पार्टी तलैसम्म फुटाउँने षडयन्त्रमा निर्वाचन आयोगले पनि सघायो ।’
अध्यक्ष ओलीले एमालेसँग कसरी कमाउने नभएर कसरी देश बनाउने भन्ने भिजन रहेको तर्क गरे ।
- मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसंग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : इप्पान
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
- खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
प्रतिक्रिया