सार्क महासचिवले गरे प्रधानमन्त्री दाहालसँग बिदाइ भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रूवान विराकुनले बिदाइ भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रूपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर