माछापुच्छ्रे बैंकको लाभांश घोषणा

माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत) बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त बैंकको प्रस्तावअनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक माछापुच्छ्रे बनेको छ । बैंकले प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *