लगनशील भएर जनताको पक्षमा काम गर्न उपप्रमुख डंगोलको महानगर प्रहरीलाई निर्देशन

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगर प्रहरीले कानूनको पालना गर्दै नागरिकको हितमा लगनशील भएर काम अघि बढाउनुपर्नेमा जोड दिएकी छिन्।

आज काठमाडौंमा महानगर प्रहरीको ३१ औं प्रहरी दिवसको अवसरमा उनले नगर प्रहरीले आमजनतालाई विश्वासमा लिई कानूनलाई आधार बनाएर काम गर्नुपर्नेमा उनले जोड दिएकी हुन्।

उनले बर्दीको सम्मान गरेर महानगरका बासिन्दाको सुखदुःखको साथी बन्न नगर प्रहरीलाई सुझाइन्।

पछिल्लो समय नगर प्रहरीले गरेका कामको आलोचना बढेकोतर्फ लक्षित गर्दै उपप्रमुख डंगोलले नगरका सबै जनप्रतिनिधिदेखि प्रहरीसमेतले अरूलाई नियम पालना गराउँदै गर्दा आफूले पनि गर्नुपर्नेमा जोड दिइन्।

उनले लोभलालचमा नपरी लगाएको बर्दीको इज्जत गरेर नगर प्रहरीलाई काम गरिरहन आग्रह गर्दै महानगरको इज्जतलाई दाग लाग्न नदिन सचेत गराइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *