यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र देशका बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप आउन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर