तीन देशका राजदूतले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका तर्फबाट नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ओहदाको प्रमाण पेस गर्नेहरूमा नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैर आवासीय राजदूत जाभियर मान्युएल पौलिनिच भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कोन रहेका छन्।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। ओहदाको प्रमाणपत्र बुझाउने राजदूतहरूलाई होटल र्‍याडिसनदेखि शीतल निवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर